एसपी रिपोर्टर
जनकपुरधाम, पुष १७ :
कांग्रेस नेता विमलेन्द्र निधि समय समयमा फरक र पृथक सैद्वान्तिक तर्क सहित सान्दर्भिक बोल्ने नेता मध्येका एक हुन । कांग्रेसमा उनको आधिकारिक कद वर्तमान पुर्व भएपनि देश र मधेशका कांग्रेसी उनको भाषणको भाव बुझने हिसावले सुन्ने गर्दछन् ।

यहाँ यो सन्दर्भ हिजो बुधवार धनुषाको लक्ष्मीनियाँ बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफनो भाषणको क्रममा राखेको केहि नयाँ राजनितिक प्रस्तावका लागि कोट्याएको छ । सो दिन मेलमिलाप दिवस समेत परेकाले मेलमिलाप दिवसको प्रसंग उठाउँदै निधिले कांग्रेसका सदाबहार रोलमोडल जननिर्वाचित नेपालका प्रथम कार्यकारी प्रमुख विपी कोइरालालाई सम्झे र सम्मान र श्रद्धाञ्जली अर्पण गरे ।

आफनो करिव आधा घण्टे भाषणमा उनले भने, ‘विपी कोइरालाको टाउकोमा सातवटा विभिन्न मुद्दा थियाे,े फाँसी हुन सक्थ्यो तर त्यसको प्रवाह नगरि वीपीले तत्कालिन दुई राज शक्ति र जनशक्ति बिच राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव अघि सारे ।’ सो समयमा बाहिरी हस्तक्षेपबाट राष्ट्रियता र सार्वभौमसत्ता जोगाउनु पर्ने भन्दै उनले राजालाई सो गर्दै मेलमिलाप दिवस मनाउन थालिएको सुनाए ।

उनको भाषण सुनिरहेका कांग्रेसी जनलाई ध्यानले सुन्नुहोस् भन्दै ध्यान तानेका निधिले अगाडि भने, ‘तर राजालाई जनताले बिश्वास गरेपनि राजाले तिन÷तिन पटक धोका दिएपछि राजालाई जनता नचाहिने हो भन्ने जनतालाई पनि राजा चाहिदैन भन्दै कांग्रेसकै नेतृत्वमा राज शक्ति बहिष्कृत भएको थपे ।

त्यसपछि उनले अहिलेको राजनितिक अवस्था र परिवेश प्रति चासो व्यक्त गर्दै विपीको त्यसबेलाको प्रस्ताव जस्तै अव मधेश/कांग्रेस, मधेशी/कांग्रेसी र पहाडी/मधेशी बिच एकताको आवश्यकतामा जोड दिए । उनले थप स्पष्ट गदै संकेत गरे, ‘दुइ दुर्ई पटक जनमतबाट संविधानसभाको गठन गरेर पाएको उपलब्धीका लागि नयाँ किसिमको एकताको खाँचो छ ।’ देश भरिमा संघियता, गणतन्त्र समावेशिता, संसदिय प्रणाली, बहुदलीय प्रणालीमा बिश्वास गर्नेहरु बिच एकताको सन्देश उनले दिएका छन् ।

कांग्रेसी बिच एकता भए कसैको आवश्यकता छैन, धनुषाको चारै क्षेत्रमा उम्मेदवार

अनि उनले कांग्रेस र चुनावको कुरा निकाले । संघियता, लोकतन्त्र÷गणतन्त्र र समावेशिताका लागि कांग्रेस बाहेक बाट अरुको नेतृत्वको काम चल्ने वाला छैन भन्दै उनले कांग्रेसको सफलता कांग्रेसी एकता भित्र लुकेको बताए । कांग्रेसी हरु मिले अरु कसैसँग एकता गरिरहन नपर्ने उनको ठोकुवा थियो ।

उनले बोलिरहेको मञ्चमा देखिएको मधेशका कांग्रेसी नेताहरुको दुर्लभ उपस्थिती (महेन्द्र यादव, रामकृष्ण यादव, आनन्द ढुङ्गाना, कृष्ण यादव, योगेन्द्र पजियार देखि पार्टी फर्केका सन्तोष यादव सम्मलाई देखाउँदै उनले अव नेताहरु मिलेकाले कांग्रेस धनुषामा सफल हुने ठोकुवा गरे ।

उनले भने, ‘अव महेन्द्र यादव र चन्द्र मोहन बिच एकता र मेलमिलाप आवश्यक छ, योगेन्द्र पजियार र सन्तोष यादव बिच एकता जरुरी छ’ कांग्रेससँग मिल्न हरेक पुराना र नयाँ पार्टी लालायित छ तर हामी कांग्रेसी मिले कसैसँग मिल्न आवश्यक छैन ।’ टिकट कन्फर्म भइसकेको अन्दाजमा उनले अगाडि भने, ‘धनुषाको चारवटै क्षेत्रको उम्मेदवार यहाँहरुलाई थाहै छ, ढुक्क हुनुस् चारवटै क्षेत्रमा उम्मेदवार हुन्छ र जित पनि ।’

चारवटै क्षेत्रमा पार्टी प्रवेशको लहर चल्न थालेको बताउदै निधिले धनुषाको क्षेत्र नं. ४ मा महेन्द्र यादव र २ मा रामकृष्ण यादवको नामै लिएर उम्मेदवार भन्दै जित निश्चित रहेको बताए भने एक र तिनमा पनि कांग्रेसको उम्मदेवार हुने र जित्ने दावी गरेका छन् ।