एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ३० : मधेशको राजधानी जनकपुरधाममा जारी सात दलीय आन्दोलनका घाइते रामेश्वर मण्डलले मधेशमा सहिलाई सहि र गलतलाई गलत भन्ने हिम्मत नागरिक समाजले गर्न नसकेको गुनासो गरेका छन् ।

लोसपाका सक्रिय युवा नेता घाइते मण्डल मुख्यमन्त्रीको नियुक्ती र सपथलाई केन्द्रित गरेर नै संघ सरकारले प्रदेश प्रमुखको बर्खास्ती र सर्वोच्च अदालतले मुख्यमन्त्री माथी लगाम लगाए पनि जनकपुरधाम र मधेशका नागरिक समाज सात दल हुँदा पनि न गुनासो गर्छन् ।
मधेशका नयाँ मुख्यमन्त्री सरोज कुमार यादवको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको दिन आदेशबाट हौसिएका मण्डल मधेश भवनमा प्रवेश गर्ने वेलामा प्रहरीले नियोजित र प्रतिशोधका भावनाले गरेको लाठी चार्जबाट गम्भिर घाइते भएपछि घरमा आराम गरिरहेका छन् ।
एक जना प्रदेशसभा सदस्य माथी हुन लागेको लाठी चार्जबाट माननियलाई बचाउन पुगेका उनी प्रहरीको प्रहारमा परे । बुटै बुटलेको उनको खुट्टाको बिचको घुँडामा गम्भिर प्रकृतीको चोट लागेको छ ।
उनको खुट्टामा प्रहरीले हिर्काएको बुटको गम्भिर चोट लागेको छ भन्ने शरिर भरि पिटाइको डामै डाम छ । बाँया खुट्टा चलाउन अप्ठेरो भइरहेको उनको खुट्टाको एमआरआई गरिएको छ । उनले आफले खाएको पिटाई र चोटको प्रवाह नरहेको भन्दै मधेश षडयन्त्रको बन्दी बन्न नहुने र संघियता र गणतन्त्रको रक्षा हुनुपर्ने बताउछन् ।






