एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २४ :
सोमवार एका विहानै मधेशमा नेकपा एमालेले नयाँ गेम गर्न सफल भएको छ । विहान चार बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफु विरामी परेको र साँस र्फेन गा¥हो भइरहेको भन्दै काठमाण्डौंको लागि हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमाना जंगलमा रहेको पानस कटेजमा एमाले दलका नेता सरोज कुमार यादवलाई नयाँ मुख्यमन्त्री चयन गरेकी हुन ।

प्रदेशको सबै भन्दा ठुलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । एमाले बाहेकका सात दलले शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि धारा १६८ को २ अनुसार नै नयाँ सरकार बन्नु पर्ने भन्दै माग र प्रदर्शन गरिरहेका थिए ।

सोनलले विश्वासको मत सामना गर्नु पुर्व नै राजिनामा दिएकाले १६८ को ३ सक्रिय नहुने अन्य दलहरुको दावी थियो । एमालेको यस नयाँ गेममा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राप्रपाको पनि साथ छ । समाजवादी पार्टीबाट बिमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बनेकी हुन । विहान चार बजे कामचलाउ मुख्यमन्त्री सोनललाई बोलाएर आफु दम्माको विरामी रहेको र साँस र्फेन अप्ठेरो भइरहेको बताउदै प्रदेश प्रमुख बाहिरएकी थिइन ।