एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २ :
व्यापारी नेता मनिष रमण साहले धनुषा प्रहरी व्यापारी डराउन र तर्साउन उद्दत देखिएको आरोल लगाएका छन् । जउबा संघको दावी अनुसार धनतेरसको पुर्व सन्ध्यामा शुक्रवार सादा पोशाकमा बिना आधार, आदेश र पत्र छापा मार्न एक ज्वेलर्समा पुग्दा भएको विवादमा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई नै लक्षित गरि प्रहरीद्वारा भएको सांघातिक आक्रमणमा भण्डारी घाइते भएका थिए ।

घटना पछि प्रहरीले बिना आधार, आदेश पत्र र सम्बन्धित निकायलाई जानकारी नै नगराई छापा मार्न पुगेको समाचार सञ्चार माध्यमहरुमा सम्प्रेशन भएको थियो । धनुषा प्रहरीको आलोचना हुन थालेपछि आइतवार प्रहरीले एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यम, राजनितिक दल र संघ संस्थाहरु माथि गलत भ्रम फैलाएको आरोप लगाएको छ ।

हेर्नोस् प्रहरीको विज्ञप्ती

प्रहरीले आफुहरु कानुनको परिधि भित्रै रहेर काम गरेको, अवैध सामान बरामद गरेको, समान्य बल प्रयोग गरेको र आफनो दश जना प्रहरी घाइते भएको सहितको दावी गरेको छ ।

प्रहरीको सो विज्ञप्ती पछि जनकपुरका व्यवसायी थप आक्रोसित बनेका छन् । अनुसन्धान, संवाद र सहकार्यबाट सम्भव हुने कामलाई थप भडकाउने र स्थितिलाई असामान्य बनाउने काम प्रहरीबाट भएको जनकपुरधाम उद्योग बाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका साहको आरोप छ ।

यस्तो छ साहको स्टाटस