एसपी रिपोर्टर

जनकपुरधाम, माघ २८ : राष्ट्रिय मुक्ति पार्टी नेपालबाट धनुषा क्षेत्र नं. ३ का उम्मेदवार डा. राजिव झा उम्मेदवारी छोड्दै रास्वपामा प्रवेश गर्ने भएका छन् । रास्वपाका प्रवक्ता तथा सोही क्षेत्रबाट उम्मेदवार मनिष झाका अनुसार आजै ११ बजेपछि रामुपाका उपाध्यक्षसमेत रहेका झा रास्वपा प्रवेश गर्न लागेको बताए।

रामुपाका उम्मेदवार झाको प्रवेश भने पार्टीगत नभएर व्यक्तिगत निर्णय रहेको बताइएको छ । रामुपाका नेताहरू पार्टीगत कुनै निर्णय नभएको बताउँछन् । यो क्षेत्रमा तपाईँहरूको उम्मेदवार नै नरहने भयो नि? भन्ने प्रश्नमा रामुपाले विडम्बना रहेको र छिट्टै कुनै निर्णयमा पुग्ने प्रतिक्रिया दिएको छ।