एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ :
जसपा नेपालका युवा नेता मधेश सरकारका पुर्व राज्यमन्त्री योगेन्द्र राय यादवले पार्टीमा युवाको नेतृत्व सहितका जेन जीको मुल मुद्दाहरुको सम्बोधनका लागि आफु पार्टीको मधेश प्रदेश अध्यक्षमा दावी गरेको बताएका छन् ।

जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा आयोजित दुई दिवसीय मधेश प्रदेश अधिवेशनमा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती र तामझामका बिच सभाहलमा शुभकामना मन्तव्य र नेताहरुको सम्बोधन चलिरहेका बेला केन्द्रको प्राङ्गणमा सक्रिय देखिएका रायले देश र मधेशमा हुने नयाँ क्रान्तिका लागि पनि आफु नेतृत्व चाहेको बताए ।

जहाँ पुस्तान्तरण रुपान्तरणको कुरा, तर्क र चर्चा छ, माग छ त्यहाँ नेतृत्वमा दोहर्याउने कुरा व्यवहारिक नहुने उनको तर्क छ । देशको मुख्य हिस्सा र शक्ति युवाहरुको चाहना र भावनाका लागि पनि आफनो उम्मेदवारी परफेक्ट रहेको उनको तर्क छ । भोली सम्म चल्ने अधिवेशनमा उनका साथै वर्तमान अध्यक्ष बाल यादव पनि दोहर्याउन चाहिरहेका छन् ।