एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलन र विध्वंस पछि देशका राजनितिक दलहरु सुस्त र मौन रहेका बेला मधेशमा जपा नेपालले एकताको पहिलो प्रदेश अधिवेशन भन्दै पुनः राजनितिक र दलीय माहोल बनाइदिएको छ ।
जनकपुरधाम स्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा आयोजित दुई दिवसीय मधेश प्रदेश अधिवेशनमा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती र तामझाम छ । केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले समुदघाटन गरेको अधिवेशनको बन्द सत्र भोली मंगलवार सोहि स्थानमा हुनेछ ।

आठवटै जिल्लाका गरि पाँच सय भन्दा बढि प्रतिनिधी सहित करिव एक हजार नेता कार्यकर्ताहरुको उपस्थिती रहेको समारोहमा नेताहरुले बोल्ने क्रम जारी छ । नेताहरुले परिवर्तन र उपलब्धी बचाउन अगामी नेतृत्व र क्रान्तिका लागि तत्काल उपेन्द्र यादवको विकल्प नरहेको र पुनः उहाँकै नेतृत्वमा मधेश एकतावद्ध हुने बताइरहेका छन् ।
नेता रामकुमार शर्माले देशको सत्ता काठमाण्डौं र मधेशबाट मात्र हल्ने डोल्ने कुरा विगतका केहि घटनाहरुले सावित गरिसकेकाले मधेशमा सशक्त नेतृत्व स्थापित गर्न सकिए देश आफनो अनुकुल हुने बताए । उनीहरुले दशलाख सदस्य रहेको पार्टीहरु घरमा घुसेको बेला जपा सक्रिय रहेको कुरा जपा नेपालका लागि सुखद रहेको बताए ।
जसपा नेपाल मधेशको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र युवा नेता तथा केन्द्रिय सदस्य योगेन्द्र रायको दावी छ ।





