एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३ : संविधान घोषणा भएको दश वर्ष पुरा भएको अवसरमा मधेश प्रदेश सरकारले शुक्रवार संविधान दिवस मनाएको छ । शुक्रवार विहान मधेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जेनजीको आन्दोलनबाट क्षतिग्रस्त मधेश भवन भित्रको कभर्ड हलमा संविधान दिवस मनाइएको छ ।
ननभेज खाजा सहित आयोजित समारोहमा उपस्थित भएका मुख्यमन्त्री सतिश कुमार सिंहले औपचारिक रुपमा आफनो राजिनामा बारे मुख खोल्दै संविधानको रक्षाका लागि राष्ट्रपति जस्तै आफूपनि राजिनामा नदिएर संघियता बचाउन संसद फेस गर्न दृढ रहेको टिप्पणी गरे ।
उनले पार्टीको स्पष्टीकरणलाई प्रक्रिया रहेको बताउदै संसदमा विश्वासको मत सामना गर्ने र त्यसपछि पार्टीले पनि मुख्यमन्त्री नै ठिक थियो भन्ने कुराको आभाष गर्ने दावी गरेका छन् । आफुले फेसबुकमा राजिनामा दिएपनि पछि विभिन्न दल र साथीभाइ तथा विज्ञहरुको सुझाव अनुसारनै वर्तमान कदम चालेको बताए ।





