एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ : मधेश प्रदेशसभा सञ्चालनका लागि दलहरुले दबाब दिन थालेका छन् । गत २४ गते देशै भरि भएको आगजनी र लुटपाटका क्रममा तहसनहस भएको मधेश प्रदेशसभालाई यथास्थितीमै पलाष्टिकको कुर्सीमा भएपनि सञ्चालन गर्न सभामुखहरुलाई दलहरुले दबाब दिन थालेका छन् ।
जसपा मधेश प्रदेश संसदिय दलका नेता तथा पुर्व मुख्यमन्त्री सरोज कुमार यादवले जेनजीले नभई सुनियोजित रुपमा संघियता विरोधीहरुले मौकामा फाइदा उठाएको भन्दै संघियताको रक्षा मधेशले गर्ने बताए । विहिवार प्रदेशसभाको अवस्था अवलोकन र सभामुखलाई भेटन पुगेका विभिन्न राजनितिक दलका नेताहरु सभामुख रामचन्द्र मण्डललाई यथास्थितीमै भएपनि प्रदेशसभा बोलाउन सुझाव दिएका छन् ।

सभामुख संगै प्रदेशसभाको अवलोकन गरेका उनीहरुले आवश्यक परे आफुहरु निजी स्तरवाटै भएपनि सहयोग गर्न तयार रहेको तर प्राप्त उपलब्धी र संघिय संविधानको रक्षाका लागि एकजुट हुनुपर्ने तर्क गरेका छन् । सो अवसरमा जसपाका राम अशिष यादव, एमालेका हरिनारायण महतो, माओवादी केन्द्रका युवराज भट्टराई, नेकपा एसका रतेश्वर गोइत सहितको उपस्थिती थियो ।





