एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ :
जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र उनका दाई सङ्गठन विभाग प्रमुख जय कान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।

पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले बुधबार सामुहिक हस्ताक्षर गरेर सो माग गरेका हुन् । जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएको हो ।

उनीहरूको राजीनामा माग गर्नेमा उपाध्यक्ष खानका साथै केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन् ।

डा. राउत भन्छन, ‘पार्टी छोड्नेका लागि अहिले सुनौलो मौका हो’

दोस्रो तहका नेताहरुको सो माग प्रति भने पार्टी अध्यक्ष डा. राउत सकारात्मक छैनन । उनले फेसबुकमा लेखेका छन, ‘अहिले चुनावमा लाग्ने र पार्टीलाई पहिलो बनाउने समय हो, जसलाई पार्टीमा बस्न मन छैन छोड्ने राम्रो समय अहिले नै हो ।’

हेर्नोस् डा. राउतले लेखेको स्टाटस