एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २८ : भदौं २३ गते सोमवारको जेन–जी आन्दोलन, त्यसमा भएको १९ जनाको हत्या र त्यसको आक्रोशमा भोली पल्ट २४ गते मंगलवार भएको भिषण आन्दोलनले देशै सत्ता पल्टिदिएको छ । गृहमन्त्री, प्रधानमन्त्री हुदै प्रतिनिधिसभा सदस्यहरुले धमाधम राजिनामा दिन थाले भने मंगलवार राती १० बजे देशको कमान नेपाली सेनाले सम्हाल्न पर्यो ।
प्रधानमन्त्री देखि मन्त्रीहरु सहित मुख्य दलका नेताहरुलाई सेनाले आफना विभिन्न ब्यारेकमा राखेर सुरक्षा दिदै अन्ततः शुक्रवार राती ९ बजे देशले पहिलो महिला प्रधानमन्त्रीका रुपमा देशकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई पायो ।
कांग्रेससंगको गठबन्धनमा दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री बनेर प्रचण्डलाई सत्ताबाट ढालेपछि केपि शर्मा ओली विरुद्दको षडयन्त्र सुरु थियो । झन उनले आफनो मन्त्री परिषदमा आरजु राणा देउवालाई परराष्ट्र मन्त्री बनाएपछि एमाले र कांग्रेस भित्रै बाट सरकार प्रति व्यापक असन्तुष्टि बढन थाल्यो । कसैले मुख खोलेर बोल्न नचाहेपनि दुबै पार्टीमा यो सरकार प्रतिको बिश्वास र आर्शिबाद दिनानुदिन घटदै गएको थियो ।
केपि शर्मा ओलीको पदभार देखि पदच्युत हुने आज सम्मको यात्रा सम्म उनी र उनको सरकारद्वारा भएका गल्ती जसले उनीको सत्ता गुमेको छ ।
१. असन्तुष्टिका बिच घोषित संविधानको संसोधन गर्न आनाकानी, संघियता मजबुत बनाउन ढिलाई
२. देउवा–ओली गठबन्धन हुनु, आरजु परराष्ट्रमन्त्री बनेपछि प्रचण्ड सहितक सहकर्मीहरु सशंकित बन्नु
३. शीर्षनेताको बाध्यात्मक मिलन तर तल्लो तहमा एकता कमि
४. कांग्रेस र एमालेमा बढदै गएको आन्तरिक असन्तुष्टि
५. रवि लामिक्षानेलाई मात्र जेलमा राखिनु
६. पुर्व पिएम माधव नेपाल विरुद्व मुद्दा दायर गर्नु
७. बालेनको प्रमुख कार्यकारी अधिकृत सरुवामा एमाले राजनीति गर्नु
८. उपमेयरका माध्यमले बालेनलाई थ्रेट दिन थालिनु
९. सरकार चलाउनु भन्दा विद्या भण्डारीलाई ठेगान लगाउनुमा केन्द्रित हुनु
१०. समाजिक सञ्जाल बन्द गर्नु र आन्दोलनलाई बेवास्ता गरिनु
११. भ्रष्टाचार नियन्त्रण र छिमेकी राष्ट्रसंगको कुटनितिक सम्बन्ध समधुर बनाउन नसक्नु
१२. अन्यन्त्र केन्द्रित हुँदा नयाँ लोकप्रिय शक्ति समुहहरुको एकता र योजना थाहा नपाउनु





