एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० :
मधेस केन्द्रीत दलहरु आवद्ध संघीय लोकतान्त्रिक मोर्चाका नेताहरुले अधिकारकालागि एक पट फेरी पूरै शक्ति लगाएर आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । जनकपुरधाममा आयोजित जागरण सभालाई सम्बोधन गर्दै मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सशक्त मोर्चा बनाएर आफ्ना अधिकारकालागि आवाज उठाउने समय आएको बताए ।
कार्यक्रममा बोल्दै लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानकालागि भएको आन्दोलनमा सङ्घर्ष गरेका योद्धा साथीहरू माथि झुटा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको भन्दै रोष प्रकट गरे । उनले भने , ‘हाम्रो बारम्बारको सङ्घर्षले मधेश शब्दले मान्यता पाएको छ । देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि हो ।’ तर अझै यो भूमि न आत्मा छ, न रगत न मासु छ, पूरै कंकाल छ उनले अगाडी भने‘ हामी यो भूमिको अझै हुन सकेनौँ जसको थियौँ उसको रहेनौँ, जसको भयौँ उसले अपनाएन ।’ त्यसैले अब पार्टी अलग अलग भएपनि विचार एकै भएकाले त्यो पीडाबाट मुक्त हुनकालागि एक मोर्चामा हामी उभिएको ठाकुरले बताए ।
उनले पार्टी अलग अलग भएपनि विचार एक भएकाले आफ्नो अधिकारका लागि, अन्धो राष्ट्रभक्तीको पीडाबाट मुक्तिकालागि फेरी संघर्षको आवश्यक्ता रहेको बताए ।