एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ :
सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरेको विरोधमा धनुषाका निजि विद्यालयहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । निजि विद्यालयका संघ–संस्थाले सरकारको प्रस्तावित विधेयक निजि विद्यालयलाई कमजोर पार्ने उद्देश्यले ल्याइएको आरोप लगाएका छन् ।

प्याब्सन धनुषाका अध्यक्ष नवल यादवले कम्पनी ऐन अन्तर्गत रहे पनि गैरनाफामूलक संस्थाका रूपमा व्याख्या गरिएको र पूर्ण छात्रवृत्तिको प्रावधानसहितका विषयमा आपत्ति रहेको बताए । उनले विधेयकले निजि विद्यालयहरूको अस्तित्व नै संकटमा पार्ने खतरा रहेको दाबी गरे ।

प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा सहभागी सञ्चालकहरूले सरकारलाई माग सम्बोधन नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।






