काठमाडौं , भदौ ९ :
सत्तारुढ दल नेपाली कांग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहेपनि कांग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने निष्कर्षमा पुगेको हो ।
यद्यपि, आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनले भने, ‘आजको बैठकमा मन्त्री फेरबदलको कुनै छलफल भएको छैन। जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ। प्रधानमन्त्रीले कुरा गर्नु स्वभाविक हो। तर पार्टीभित्र मन्त्री फेरफेरबारे कुनै छलफल भएको छैन । कांग्रेसले अहिले पार्टीका मन्त्री हेरफेर गर्ने सम्भावना छैन ।’
अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन् ।





