एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ :
उपेन्द्र यादवमाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा चक्का जाम गरी विरोध प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको जनक चोकमा नेता कार्यकर्ताहरुले चक्का जाम गरी विरोध प्रदर्शन गरेका हुन् । मधेस आन्दोलनबाट प्राप्त संघियता, समावेशिता, भाषिक अधिकार लगायतका उपलब्धीहरु समाप्त गर्ने षडयन्त्र अनुरुप अदालतको परमादेश आएको मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादवले बताए । उनले नेपाली कांग्रेस नेकपा एमाले लगायतका नश्लिय दलहरुको इशारामा यस प्रकारको परमादेश आएकोमा आक्रोश व्यक्त गरे । अदालतको परमादेश फिर्ता नभएसम्म मधेससहित नेपाल भरी आन्दोलनको आँधी ल्याउने चेतावनी दिए ।
सर्वोच्च अदालतले आजै १९ वर्ष अगाडी भएको गौर हत्याकाण्डको अनुसन्धान अगाडी बढाउन परमादेश दिएको थियो ।