एसपि रिपोर्टर
काठमाणडौँ, असार १४
: नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा आफ्ना अध्यक्षमाथि प्रतिशोधका आधारमा मुद्दा चलाएको धारणा राखेका छन् ।शनिबार काठमाडौँमा बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकको दोस्रो दिन धारणा राख्ने सदस्यहरूले प्रतिशोधका आधारमा अध्यक्ष माधव नेपालमाथि मुद्दा चलाएको धारणा राखेका हुन् । उनीहरूले सोही मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको विषय, सांगठानिक कार्य लगायत सातवटा एजेन्डामाथि छलफल भइरहेको उनको भनाई छ। सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने पाण्डेले बताए ।