एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : विभिन्न टिकाटिप्पनी र निरुत्साहितको चर्चा चलिरहेका वेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् । जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले भट्टराईको पक्षमा ट्विट गरेका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको थापाको बुझाइ छ । ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’ सामाजिक सञ्जालमा थापाले लेखेका छन् ।
वरियताको विषयमा @brb1954 लाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन।लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ।एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ
— Kamal Thapa (@KTnepal) June 8, 2020


