एसपि रिपोर्टर
काठमाणडौं , असार १
: भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । 

भारतिय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोरोनाको नयाँ भेरियण्टबाट जनवरीदेखि हालसम्म मृत्यु हुनेको संख्या ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा  सबैभन्दा धेरै ५ जना केरलाका रहेका छन् भने दिल्लीमा ३ जना र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जम्मा १२ हजार ९ सय १५ जनामा संक्रमण देखिएको थियो । जसमध्ये अझै ७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको विभागको तथ्यांक छ ।