एसपि रिपोर्टर
काठमाणडौं , असार १ : भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । सो हेलिकप्टर केदारनाथ धामबाट फाटा जाँदै थियो। दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ।खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।



