एसपि रिपोर्टर
काठमाणडौं , जेठ ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा विवेक पुर्याएर सत्तारुढ दलहरूसँग आफ्नो पार्टीले सहमति गरेको बताएका छन् ।
झापाको दमका पार्टीका विभिन्न पाँच वटा मोर्चाको संयुक्त सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।विशेषगरी सदनमा रोकिएका निजामती, विद्यालय र नागरिकता ऐनको संवेदनशीलतालाई बुझेर सदन अवरुद्ध गर्न नहुने निष्कर्षमा आफूसहित सिंगो पार्टी पुगेको प्रचण्डको भनाइ थियो ।‘हामीले छानबिनका लागि सरकारलाई बाध्य पारेपछि जनताको बृहत् हितका लागि यो गरेको हो,’ प्रचण्डले भने, ‘एकथरी मान्छेहरू जमिन नै भासियो जस्तो गरेका छन् । यो विल्कुल वाइयात कुरा हो । हामीले जे गरेका छौं । त्यो विवेक पुर्याएर गरेका छौं ।’उनले आफू प्रधानमन्त्री हुँदा धेरै मिहेनत गरेर ती विधेयकहरू संसद्सम्म पुर्याएको जिकिर गरे । उक्त विधेयकहरू संसद्बाट पारित गर्ने जिम्मेवारी पनि माओवादी केन्द्रकै रहेको उनको भनाइ थियो ।त्यस्तै, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सम्बन्धित केही महत्त्वपूर्ण काम भएको भन्दै उनले संसद् अवरोध गरिराख्नु राम्रो नभएको पनि बताए ।‘यस्तो बेलामा माओवादीले अवरोध गर्नु भनेको यी सबै ऐन पास हुन नदिनु र जनताका मुद्दा थाति राख्न हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ प्रचण्डले भनेका छन् ।



