एसपि रिपोर्टर
काठमाणडौं , जेठ ३१
: सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिएको हो ।समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रस्ताव गरेकी छन् । प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ । उनले भने, ‘संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रस्ताव गर्दछु ।’संसदीय सुनुवाइ समितिमा आज तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यको नियुक्तिबारे सुनुवाइ प्रक्रिया प्रारम्भ भएको हो । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस हुनुभएको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ । -न्युज एजेन्सी नेपाल