एसपि रिपोर्टर
राजविराज , जेठ ३० : सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोकमा शुक्रबार बिहान कन्टेनरले किच्दा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत राजविराजतर्फ आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनरले स ६ प २२१ नम्बरको मोटरसाइकल चालकलाई किचेको हो । मोटरसाइकल चालकको दुर्घटनास्थलमै मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार पहिचान खुल्न नसकेका मोटरसाइकल चालकले सडक क्रस गरिरहँदा कन्टेनरले ठक्कर दिएको हो ।ठक्करबाट मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने कन्टेनरमुनि रहेको शव निकाल्ने प्रयास भइरहेको छ । अनियन्त्रित भएको कन्टेनरले सडक छेउको घुम्तीमा पनि ठक्कर दिँदा क्षति पुर्याएको छ । कन्टेनर पनि चल्ने अवस्थामा नरहेकोले कन्टेनर उठाउन क्रेन ल्याउने समन्वयन भइरहेको एसपी खतिवडाले बताए ।कन्टेनर चालक काभ्रेको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय गोपालनाथ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



