एसपि रिपोर्टर
काठमाणडौँ, जेठ २८ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर एमाले अघि बढेको बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताएका हुन् ।आफूले एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने उनले बताए । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको समेत उनको भनाइ छ । सुशासन नभइकन सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको उनले बताए ।
