एसपि रिपोर्टर
जनकपुरधाम,जेठ २६ : मधेश प्रदेशका सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेकोमा आपत्ति जनाएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिदै सांसद दासले योजना तथा कार्यक्रम प्रभावकारी ढंगले नगर्नु सरकारको गम्भीर कमजोरी रहेको औल्याए ।उनले भने, ‘अहिले बजेटको समय छ । बाहिरका ठेकेदार र बिचौलियामार्फत योजना छनोट भइरहेको छ । यो बजारमा हल्ला छ । मेरो निवेदन छ, सरकारले यस्तो बदनामी नगर्नुस् ।’सांसद दासले योजना तथा कार्यक्रमको छनोट जनप्रतिनिधिमार्फत गर्न सरकारलाई सुझाए ।समयमा पुँजीगत खर्च नहुने गरेको बताउँदै उनले भने, ‘बजेट प्रस्तुत भइसकेपछि साउनदेखि काम गर्ने कुरा लेख्छौं, तर जेठदेखि बल्ल चिट्ठी काट्न सुरु हुने गरेको छ । यसमा सुधार गरौं ।’


