एसपि रिपोर्टर
काठमाणडौँ , जेठ २५
: आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २१५० रुपैयाँमा कारोबार भएको चाँदी आज २१४५ रुपैयाँमा कायम भएको हो ।