एसपि रिपोर्टर
काठमाणडौँ ,जेठ २४
: सरकारले एमाले सांसद ज्वालाकुमारी साहको चुनावी क्षेत्रमा ‘मदन आश्रित’का नाममा भवन निर्माणका लागि ३ करोड बजेट छुट्ट्याएको खुलेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त बजेट छुट्ट्याएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।उक्त बजेट सहरी विकास मन्त्रालय अन्तर्गत छुट्ट्याइएको हो । नेताका नामबाट बन्ने भवनका लागि आफूले बजेट माग गरेको सांसद साहले स्वीकार गरिन् । उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे आफूलाई कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताइन् । ‘आलोचना गर्नेहरूको मुख थुन्न सकिएन । एमालेले गरेको कामप्रति डाहा गर्नेले आलोचना गरेका हुन् । त्यसमा भन्नु केही छैन’, उनले भनिन, ‘जनता र देश विकासको पक्षमा काम गर्न छाडिँदैन । यसमा कतिपयलाई चित्त नबुझेको हुनसक्छ ।’