एसपि रिपोर्टर
राजविराज, जेठ २३
: सप्तरीको सुरुङा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी एक जनाको हत्या गरेको घटनामा जंगे (तालिम प्राप्त कुकुर)को सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको छ भने शंकास्पद एक जनालाई पक्राउ गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको जंगेको सहायताले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको हो ।लुटपाट र हत्या घटनाको सूक्ष्म अनुसन्धानका लागि जंगे मगाइएको एसपी ढकेन्द्र खतिवडाले बताए । ‘घटनास्थलबाट तीन राउन्ड गोली र एउटा खोखा पनि बरामद भएको छ,’ उनले भने, ‘शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं भने थप अनुसन्धान भइरहेको छ ।’राति करिब १२ बजेतिर टोलमा लुटपाट भइरहँदा प्रतिकार गरेका स्थानीय ५० वर्षीय कान्तलाल चौधरीमाथि लुटेराले गोली प्रहार गरेका थिए । गोली लागेर चौधरीको राति नै मृत्यु भइसकेको छ भने धारिलो हतियारबाट गम्भीर घाइते भएका उनका भाइ ४० वर्षीय रामाकान्त चौधरीको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।लुटेराले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेको एसपी खतिवडाले बताए । सभार कान्तिपुर