एसपि रिपोर्टर
जनकपुरधाम , जेठ २२
: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनुषा आउँदा कांग्रेसी प्रदेशसभा सदस्यहरु अनुपस्थित भएका छन् ।प्रदेशसभा बैठकमा कांग्रेसको तर्फबाट उपस्थिति जनाएर प्रदेशसभा सदस्य जिवछी यादव पनि बाहिरिएकी छिन् । देउवा धनुषामा शहिद ठाकुर प्रसाद ढुंगानाको स्मृति सभामा सहभागी हुन आएपछि चैतपश्चात पहिलो पटक सञ्चालन भएको बैठकमा यादवबाहेक सबै प्रदेशसभा सदस्यहरु अनुपस्थित भएका छन् । देउवाले ढुंगानाको शालिक अनावरण तथा पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको छ ।मधेस प्रदेशसभामा कांग्रेसका २२ प्रदेससभा सदस्य छन् ।