एसपि रिपोर्टर
बुटवल , जेठ २२
: मापदण्ड विपरीत सञ्चालित बुटवलका ६ वटा क्लिनिकलाई जिल्ला प्रशासन रुपन्देहीको अनुगमन टोलीले बन्द गराएको छ ।

नियम विपरीत चिकित्सक राखेर चेकजाँच तथा उपचार समेत गराउने फार्मेसीमा दर्ताविना चलेका क्लिनिकलाई  लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनको आग्रहपछि प्रशासनले अनुगमन गरेको हो ।बिहीबार अनुगमन टोलीले विभिन्न ११ वटा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताविना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।टोलीले अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराइएको सहायक प्रजिअ रानाले बताए । त्यस्तै बरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई पनि बन्द गराएको छ ।अनुगमन टोलीले अस्पताल लाइनकै बुटवल डेन्डल प्रालिलाई पनि बन्द गरेको छ । अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिक सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको थियो । बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने छ ।