एसपि रिपोर्टर
काठमाणडौँ, जेठ २२
: नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा एकीकृत समाजवादीका नेता तथा सांसदहरू नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका नेताहरूसँग छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दलहरूसँग छलफलको तयारी भइरहेको बताए ।संसद् भवन बानेश्वरमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादीका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका प्रकाश ज्वाला लगायत छलफलमा जुटेका छन् । नेपालको इतिहासमै पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस घटनालाई लिएर कतिपय दलका नेताहरूले न आश्चर्य प्रकट गरेका छन् । बिहीबार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपिठको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।