एसपि रिपोर्टर
काठमाणडौं, जेठ २१
: निर्यात व्यवसायीले सरकारलाई निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सात बुँदे सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेट गरी निर्यात व्यवसायीले यस्तो सुझाव दिएका हुन् । निर्यात व्यवसायी महासंघ नेपालका नवनिर्वाति अध्यक्ष गोविन्दबहादुर घिमिरेको नेतृत्वमा गएका व्यवसायीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।प्रधानमन्त्रीनिवास बालुुवाटारमा भएको भेटमा घिमिरले महासंघको तर्फबाट तयार पारिएको सातबुँदे सुझावपत्र बुझाए । सुझावपत्रमा सरकारले ल्याएको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयन गर्न आग्रह गरिएको छ ।यस्तै, सम्बोधन हुन छुुट भएका विषयमा ध्यानाकर्षण गराइएको छ ।महासंघका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको जानकारी दिए । यस्तै, लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको पनि उनले बताए ।सुुझावहरू ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्व दिएकाले उचित सुुझावलाई सम्बोधन गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।