एसपि रिपोर्टर
रौतहट, जेठ २१
: रौतहटको चन्द्रनिगाहपुरमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको हो ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किएको थियो ।सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरित दिशाबाट आएको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो ।गाडिमा सवार रहेकामध्ये दुई जना उपचार भइरहेको तथा अन्यको अवश्था सामान्य रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।