एसपि रिपोर्टर
काठमाणडौँ, जेठ २० : काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिना निलम्बन गरेका हुन् ।पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे । उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरे ।
