एसपि रिपोर्टर
जनकपुरधाम, जेठ २० : बोली र भाषणमा मात्र सिमित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह असारे काममा व्यस्त हुँदा उनका नगरप्रहरीहरुले हदै सम्मको कर्तुत गरेको घटना बाहिरएको छ ।
जनकपुरधाममा असहायहरुको उद्दार गरि मानवसेवाका क्षेत्रका काम गरिरहेका मानवसेवा आश्रमका सञ्चालक सहित चारजना र उनीहरु माया गरि पालेका कुकुर सहितक उपर मदिरामा लठ्ठ नगरप्रहरीले अमानविय व्यवहार र संघातिक गरेको घटना बारिहएको छ ।
गएराति ९ बजे २ जना आमाहरुलाई उद्दार गर्न जादै गर्दा क्याम्पसचौकमा करिव एकदर्जनको समुहमा रहेका नगरप्रहरीहरुले आफुहरु र आफनो काँखमा रहेको कुकुर माथी गरेको लाठी प्रहार, कुटपिट र आक्रमणले स्तब्ध भएको आश्रमकी सञ्चालिका काव्या पोखरेलले बताईन । एसपी खवरसंगको कुराकानीमा काव्या एकछिन निशब्द भईन उनको स्वर रोकियो ।
नगरको सुरक्षामा रहेको नगरप्रहरीबाटै यस्तो किशिमको जघन्य हरकतले जनकपुरधामको प्रतिष्ठामा आँच आएको घटनकाका प्रत्यक्षदर्शी राराबका स्ववियू सभापति मनिष यादवले बताए । मासु लिन जाँदै थियौ, कुनै विवाद जस्तो देख्यौं हतार थियो तर काव्या दिदीलाई हेरेर हामि पुग्यौं मनिषले भने, ‘हामि त्याहाँ नपुगेको भए लाठी प्रहारले ज्यानै जान सक्ने अवस्था थियो ।’
नम्र र सालिन स्वभावका आश्रमका सञ्चालक सुमन बर्तौलाले फेसबुकमा पोखेको आक्रोसले पनि पहाडबाट मधेशमा सेवा र्गन आएका एक मानवसेवको दशा के भएको छ भन्ने कुरा महशुस गर्न सकिन्छ । उनले फेसबुकमा लेखेका भावना तल जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
जनकपुर धार्मिक सहर होइन पापीहरुको सहर बन्दैछ। हिजो रातको ९ बजेको हुनुपर्छ । हनुमानचोकमा एकजना बृद्ध आमा उद्धारको पर्खाइमा हुनुहुन्छ जतिसकिन्छ चाढो उद्धार गरिदिनुहोला भन्ने खबर आएकाले हामी मोटरसाइकलमा जादै थियौं । आश्रममै पालिएको सिरु मोटरसाइकलको पछिपछि आयो । बाटोमा अरुपनि कुकुर भएकाले सिरुमाथि हमला हुनसक्ने भएकाले क्याम्पस गेटमा पुगेपछि हामीले मोटरसाइकलको स्पिड कम ग¥यौं । सिरु अघिअघि हामी पछिपछि थियौं । एक्कासी सिरुको खुट्टामा बढेमानको लौरो बजारीयो । सिरुलाई थोरै पखला खाग्दा हस्पताल पु¥याएर स्लाइन पानी चाढाएका हामीलाई सिरुमाथि भएको यो बज्रपातले नदुखाउने कुरै थिएन । र पनि कोही भूसतिघ्रे रक्सिले मातेर बसेको रहेछ भन्ने लाग्यो । अफूलाई संयमित बनाउँदै मैले नरम स्वरमै सोधे कुकुरलाई किन कुटेको ? कुकुरले चाही बाँच्न पाउन पर्दैन ? उनीहरु जंगीदै थिए । पछि थाहा पाए उनीहरु नगर प्रहरी रहेछ । राजविर भाई पनि रिसायो । उ सिरुलाई अलि बढी नै माया गर्छ । यतिकैमा राजविरमाथि लाठीचावर्ज भयो । उनको तिघ्रामा कयौं लाठी बजारीयो । अस्ति भर्खरै दुःखले किनेको उसको मोबाइल झरममै फुटेको छ। म माथि पनि हमला हुन लागेपछि मैले मोवाइले भिडीयो बनाउन खोजे । जवरजस्ती मोवाइल खोसियो । लछार पछार गरियो । काव्या राजविरलाई बचाउन गइन् । उनीमाथि पनि धकेलाधकेल भयो, अमानवीय व्यवहार भयो । हामी उद्धारकै लागि गइरहेका थियौं । त्यसैले प्रहरी सँगै हुनुहुन्थ्यो । उहाँ घटनाको साछि हुनुहुन्छ । विना गल्ति हामी असाध्धै असहाय भएका थियौं । उनीहरुको अमानवीय व्यवहार, लछारपछार र कुटाइ मन सारै रोयो । जनकपुर धार्मिम सहर हो । गाई र कुकुर हिन्दुहरुकालागि पुजनीय छन् । तर रक्सिले मातेर जथाभावी निरिह पशुमाथि गरिएको लाठीचार्ज कतापि सह्य छैन र हुँदैन ।
रातभर निन्द्रा लागेन । अझै के के हुन्थ्यो थाहाँ थिएन । मोटरसाइकलमा हिडीरहेका राराब क्याम्पसका स्ववियु सभापति मनिस यादव र गौतम दाई के भयो काव्या भन्दै आइपुग्नुभयो । यो लाइन लेख्दै गर्दापनि आँखाबाट आशु बगिरहेका छन् । उहाँहरु भेट्दा हामीलाई भगवान भेटेजस्तै भयो । उनीहरुको साथले नगर प्रहरी हच्कियो । नगर प्रहरी पनि के भनौं । हिजोको घटना सम्झदा त नगरपालिकाले पालेको गुण्डा भन्न मन लाग्छ । कठै मेरो देश, कठै धार्मिक सहर जनकपुरधाम । पार्किङ अस्पव्यस्त छ, फुटपाथ असरल्ल छ, चौपाया व्यवस्थापन उस्तै छ । नगर प्रहरी चोकचोकमा बसेर निरिय जनावरप्रति लाठी बर्साउछ । के माता जानकीको सहरमा भएका कुकुरको एउटा खुट्टा भाचिदिनु भन्ने आदेश हो र ? कसैले किन कुटेको भनेर सोधे उसमाथि पनि जाइलाग्नु भन्ने खटन छ र ? पशु चौपायाको व्यवस्थापन हुनपर्छ यसमा कुनै दुईमत छैन । तर त्यसको पनि त तरिका होला नि । केहीदिन अघि सुई लगाउँदै बेहोस बनाएर डोजर लगाएर उठाएको भन्ने सुने । कठै हाम्रो सिरु अहिलेसम्म भेटिएको छैन ।
खासै मन त थिएन तर मेयरसाब लाई भएको कुरा भन्नु भनेपछि नगरप्रहरीको यस्तै व्यवहारले मेयर बदनाम हुन्छन् भन्ने लागेर उहाँलाई भेटेरै भन्छु भनेर नजिकै रहेका मेयर साहबको घर पुग्यौँ। फोन गरे, उठाउनुपनि भयो र भोलि भेटेर कुरा गरौंला भन्नुभयो। ततक्षण उहाँलाई भेट्न मन खासै रुचि भएको पनि होइन । उहाँको अनिच्छाले हामी फेरि उद्धारतर्फ अघि बढ्यौं। खै के सोचेर हो मेयर साहबले फेरि फोन त गर्नुभयो मलाई उठाउने मन भएन । मन सारै रोएको थियो ।
पहाडका जिल्लाहरुमा स्थानिय सरकार सहित समाजबाट व्यापक सहयोग र सदभाव पाएर सफलतापुर्वक चलिरहेको यस्ता आश्रम मधेशमा आएर सेवा प्रदान गर्नु नै महानता हो, तर नगर सुरक्षामा रहेका नगर प्रहरीद्वारा नै भएको यस्तो कतुर्तले जनकपुरधामलाई देशमै बदनाम गर्ने काम भएको छ । यस्ता निन्दनिय घटनाको समाजले पनि बिरोध गर्दै मानव सेवामा काम गर्ने सेवकहरुलाई सहज र सदभावयुक्त वातावरण बनाउनुपर्ने अपरिहार्यता देखिन्छ ।


