एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १८ :
प्रधानमन्त्री केपि शर्मा ओलीले मधेशको विकासमा हाल सम्म कृत्रिम अवरोध हुने गरेको भन्दै अव त्यो दिनको अन्त्य भएको बताएका छन् । जनकपुरधाममा मधेश प्रदेश सरकारको भौतीक पुर्वाधार विकास मन्त्रालयले कुल १२ सय ७० करोडमा तिन वर्षमा सम्पन्न हुने गरि सुरु गरेको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाको डिजिटल शिलान्यास गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मधेशको विकासमा अहिले सम्म वास्तिवक भन्दा पनि कृत्रिम अवरोध भएकाले अव त्यसको अन्त्य हुने बताए ।

रामायणका पात्र भगवानहरुको नाम लिदै मधेश पुण्य भुमि रहेको र राम र दशरथको भुमि समेत रहेको बताउदै ओलीले विकासका साथै मधेशमा हुने गरेको अन्याय र लापरवाहीको समेत अन्त्य हुनुपर्ने बताए । शल्यक्रिया गर्न बेहोस गरिएका विरामी चार महिना सम्म बेहोसै रहेर मर्ने घटना समान्य नरहेको उनको जिकिर थियो ।

पहाड र हिमालका दुर्गम जिल्ला भन्दा पनि उहिले देशलाई शिक्षित गर्ने मधेश अहिले पछाडि परेको बताउदै प्रधामन्त्री ओलीले शिक्षा विकासमा पनि ध्यान दिन आग्रह गरे । चुनौतीका बाबजुत पनि जनकपुरमा आफुहरुको पहलमा रेल चलाइएको जस लिदै उनले आफनो र एमालेको पालामा मधेशको भौतिक पुर्वाधार विकास व्यापक भएको दर्शाएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारभन्दा ठूलो अपराध निर्माण कार्यमा ढिल्लासुस्ती गर्नु रहेको समेत बताए । उनले भने, ‘भ्रष्टचार १० प्रतिशत सम्मको अपराध हो तर निर्माण कार्यमा ढिलासुस्तीको प्रभाव र हजार प्रतिशत सम्म हुन्छ ।’ उनले ढिलासुस्ती हरेक उपलब्धीको बाधक र व्यापक नोक्सान रहेको बताए ।

प्रधानमन्त्री केपि शर्मा ओली रिमोट थिचेर ६४ वटा पक्की सडकहरुको एकै पटक शिलान्यास गरेका छन् । एकै पटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक÷एक सडक गरि ६४ सडकको शिलान्यास भएको हो ।
३ सय २० किलोमिटर सडक निर्माणका लागि तिन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुबर्षिय खरिद गुरुयोजनाहरु स्वीकृत भई डिपिआर समेत भइसकेर कार्यान्वयमा रहेकाले शिलान्यास गरिएको हो । ५.५ मिटर चौडा सो सबै सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ । त्यसै गरि मन्त्रालयले बिश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ कि.मी. कालोपत्रे सडक निर्माण, ३ सय २६ कि.मी. बृहत सडक मर्मत र एक हजार कि.मी. सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ ।

प्रादेशिक सडक संजाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको मन्त्री यादवले बताए । मन्त्री यादवले प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरुको सिफारिसका आधारमा सडकको छनौट गरिएको समेत बताए ।

यि हुन आठवटै जिल्लामा बन्न लागेको जिल्लागत प्रादेशिक क्षेत्र ६४ सडकहरुको विवरण