एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १७ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एक राजा फालेर आएको अनेकन राजा जनताका लागि घातक सावित भएको बताएका छन् । जनकपुरधाममा पार्टीद्वारा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र हो की गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका नेता साहले जनता राजा बन्नुपर्ने व्यवस्थाका पक्षमा आफुहरु लागेको बताए ।
तीनवटा बाटो छ, एक शाही राजा पुनः ल्याउने, दोस्रो अहिलेका दलका राजाहरुलाई यसरी नै झेल्ने र तेस्रो तथा हाम्रो अभियान जनतालाई राजा बनाउने उनले भने, ‘मधेशका जनतालाई बन, नदी, बालुवा, गिट्टी कुनै पनि स्रोतमा अधिकार दिइएको छैन, सबै तिनै दलका मतियारहरु ठेक्का लिएर खाने गरेका छन् र हिस्सा तिनलाई पनि पठाउने गरेका छन् ।’
उनले नारायणहिटी जस्तै सिंहदरबार पनि छोडन अहिलेका राजाहरुलाई चेतावनी दिइसकिएको बताउदै सिंहदरबारबाट लखेटने परिस्थितिको श्रृजना हुन सक्ने बताए । एमालेका अध्यक्ष केपि ओली सहितका संग राजनीतिक टक्कर लिएर पनि आफु जितेर गएको बताउदै साहले गर्नेलाई जनताले बिश्वास गर्नुपर्ने बताए । सो अवसरमा पार्टीका धनुषा र मधेशका विभिन्न जिल्लाका नेता कार्यक्रताहरुको उपस्थिति थियो ।


