एसपि रिपोर्टर
जनकपुरधाम , जेठ ११
: साइकलमा लोड गरी काठ चोरी गरिरहेको बेला वनका टोलीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा छापामारी गरी एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इच्छापुर बस्ने नरेश मण्डल रहेको डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले बताएका छन् । क्षीरेश्वरनाथ नगरपालिका ६ स्थित पर्वता–सखुवामहेन्द्रनगर सडक खण्डको प्लाइउड फैक्ट्री नजिक जलाइधखोलाबाट सखुवातर्फ बिहान ५ बजे टोली अनुगमनमा गएको बेला काठ चोरलाई पक्राउ गरिएको छ ।मण्डल लामो समयदेखि काठ चोरी एवं तस्कारीमा संलग्न रहेका थिए । मण्डलसँग रहेका साइकल १ थान साल जातको गोलिया काठ १ थान बरामद गरिएको छ । यसैबीच क्षीरेश्वरनाथ नगरपालिका ६ बाख्रा बजार नजिक संचालन गरेका साइनवोर्ड नभएका मनोहर साहको फर्निचर उद्योगमा पनि छापामारी गरिएको छ ।कर्मचारीहरुको टोलीले फर्निचरमा छापामारी गरी ३ तिन दशमलव ५ क्यूफिट साल जातको काठ बरामद गरिएको छ ।जनकपुरधाम सव डिवका प्रमुख मनिष लामिछाने र डि व का कमाण्डर वैजनाथ सिंह समेतको टोली छापामारीमा संलग्न रहेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीका जवानहरु प्नि टोलीमा रहेका थिए ।