एसपि रिपोर्टर
सर्लाही , जेठ १०
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमतीमा टिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा बागमतीबाट बालुवा लोड गरी हरिवनतर्फ जाँदै गरेको ना७ ख ६३९१ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको बा६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका–१० का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको हो ।मिकरानीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका–१० का २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते छन् । उनको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।