एसपि रिपोर्टर
जनकपुरधाम, जेठ ९ : नेकपा एमाले धनुषाको अध्यक्षमा केन्द्रिय सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ निकटका भोला यादव निर्वाचित भएका छन् । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका सल्लाहकार पुर्व सचिव लक्ष्मीनारायण यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै भोला यादव एमाले धनुषाको ८ औं अध्यक्षका रुपमा निर्वाचित हुन ।
भोला र लक्ष्मीनारायण बिचको मतान्तर २ सय २ मत रहेको छ । त्यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी भएको छ । सचिवमा जितेका दिपन शिक्षक समेत रहेको प्रचारवाजी भएपछि उनी एकाएक चर्चामा आएको र उनलाई नचिन्नेले पनि चिनेको र जित्न सहज भएको बताइन्छ ।

निर्वाचित सबै महासेठ निकटका नेता कार्यक्रताहरु हुन् । निर्वाचनमा पराजित टिमको अगुवाई सभामुख मण्डल र केन्द्रिय सदस्य उमा शंकर अरगरिया सहितकाले मिलेर गरेको बताइन्छ । अधिवेशनमा कुल ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए । ८ औं जिल्ला अधिवेशनका क्रममा दुई समूहबीच कुटाकुट भएपछि ७ गते बुधबार निर्वाचन भएको थियो ।



