एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २० : नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले सरकारले राष्ट्रिय विभुती समेत रहेकी जगत जननी माता जानकीको जन्मोत्सव जानकी नवमीमा सरकारले सार्वजानिक विदा दिनुपर्ने बताएका छन् । ग्याँस विक्रेता संघ धनुषाको पाँचौ जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै पुर्व गृहमन्त्री समेत रहेका निधीले आफु गृहमन्त्री हुँदा विदाको घोषणा गरेपनि पछि कार्यान्वयन नगरेको बताए ।
म आग्रह छु, उनले भने, ‘कम्तिमा मधेश प्रदेश सरकारले सार्वजानिक विदा दिएर जानकी नवमीलाई उत्सवका रुपमा सम्मान गर्नुपदर्छ । ग्याँस व्यवसाय एकदमै संवेदनशिल व्यवसाय र पेशा रहेकाले ग्याँस व्यवसायीहरुले आफनो र क्रेता दुवैको हित, अधिकार र सुरक्षामा ध्यान दिनुपर्ने उनले थपे । जनकपुरधामको विकासमा एक उदाहरनिय काम स्व. रामनारायण मिश्रको स्मृती भवन निर्माणमा अवरोध गरेर एमालेले सत्ता गठबन्धनका सहयात्रीको नैतिकता र शिष्टाचार समेत प्रस्तुत गर्न असफल भएको उनको गुनासो थियो ।
संघका अध्यक्ष फुलदेव पण्डितको अध्यक्षतामा भएको सो अवसरमा कांग्रेसका नेता प्रदेश सांसद तथा पुर्वमन्त्री रामसरोज यादवले स्व. मिश्रको विरोध जनकपुरधाम विकासका लागि बिडम्वना रहेको बताए । कार्यक्रममा कांग्रेस सभापति योगेन्द्र पजियार, संघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्याल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, जउबा संघका कार्यवाहक अध्यक्ष मनोज कुमार साह, माँ जानकी यातायात व्यवसायी संघका अध्यक्ष तथा युवा नेता मनोज चौधरी सहितकाले आ आफनो धारणा राखेका थिए ।
जानकारी अनुसार यस अधिवेशनवाट पुनः संघ धनुषा अध्यक्षमा फुलदेव पण्डितनै सर्वसम्मत निर्वाचित भएका छन् ।


