एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : नेकपा एमाले धनुषाले नयाँ नेतृत्व चयनका लागि बैशाख २० गते जिल्ला अधिवेशन निश्चित गरेको छ । जनकपुरधाम स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला ईन्चार्ज तथा पोलिटब्यूरो सदस्य जुली महतोले ८ औं धनुषा जिल्ला अधिवेशनको लोगो र नारा सार्वजानिक गरिन ।
देशको ७७ मध्ये ७६ जिल्लाको अधिवेशन भइसकेको छ भने धनुषा अधिवेशन ७७ औं नम्वरमा हुन लागेको हो । वतर्मान धनुषा अध्यक्ष राजकिशोर यादवको अगुवाईमा भएको पत्रकार सम्मेलनमा पुर्वमन्त्री नेतृ महतोले तिन दिवसीय अधिवेशनमा बाहिरि कुनै पनि सहयोग नलिई आफनै पार्टीको बलबुत्तामा आयोजना गर्न लागेको बताईन ।
धनुषा जिल्लाको समृद्वि र सुखीको आधार तिनै तहमा एमाले सरकार मुल नाराको साथ सार्वजानिक गरिएको अधिवेशनको लोगोमा जानकी मन्दिर माथी सुर्य उदाएको गोलो आकृती छ । सो अवसरमा पार्टीका नेता सुमन प्याकुरेल, प्रतिनीधिसभा सदस्य प्रतिक्षा तिवारी सहितको उपस्थिती रहेको थियो ।
यि हुन धनुषा अध्यक्षमा चर्चामा रहेका नामहरु
एसपी खवरले पत्रकार सम्मेलनको छेउछाउ उपस्थित करिव आधा दर्जन नेता कार्यक्रताहरु संग बुझदा आकांक्षी एक दर्जन भएपनि राजनीतिमा जे सुकै पनि सम्भावना हुने भएकाले दाबेदारका रुपमा सुझाएका नामहरु तपसिल छन् ।
१. भोला यादव, वर्तमान उपाध्यक्ष
२. सन्तोष यादव, प्रदेश सांसद, प्रत्यासी
३. शिव शंकर साह हिरा, जनकपुर मेयर प्रत्यासी
४. सुरेन्द्र भण्डारी, जउबा संघ अध्यक्ष
५. लक्ष्मी यादव, पुर्व सचिव, एमाले धनुषा
६. अनिल यादव, पुर्व मेयर, मिथिला विहारी
७. राजकिशोर यादव, वतर्मान अध्यक्ष, एमाले धनुषा


