एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १४ : नेपाली कांग्रेस धनुषाले पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्ने गरि शुक्रवारको प्रतिनीधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणा विरुद्व कारवाहिको मांग गर्दै धनुषाको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेसका कुनै पनि सहमहामन्त्रीको नाम नलिएर भ्रम छरेर चैत १५ गते राजावादीको आन्दोलनमा भएको हत्या हिंसा र जधन्य अपराधबाट उत्पन्न वितृष्णामा जनताको मुड बदलेर पत्रकार सहित दुईजनाको हत्या र आगजनी सहितका हिंसाबाट बच्नका लागि र चोखो बन्ने रणनिती तहत लिङदेनको व्यक्तव्य आएको भन्दै प्रमाण भए कस्को छोरा हो ? स्पष्ट पार्न नभए माफी माग्नुपर्ने सहितका मांग गर्दै कांग्रेस धनुषाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
कांग्रेस धनुषाले लिङ्देनको गैरराजनितीक, बिना आधार प्रमाणको सो अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्री र प्रतिष्ठा माथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाहि हुनुपर्ने मांग अघि सारेको छ ।

सो अवसरमा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार र पदाधिकारीहरु, मन्त्री तथा प्रदेश सांसद शेष नारायण यादव, प्रदेश सांसद कुमरकान्त झा, प्रदेश सदस्य जिवनाथ चौधरी, नेता बजरंग यादव सहितका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।


