एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १४ :
नेपाली कांग्रेसका सबै सहमहामन्त्रीलाई बदनाम गर्ने गरि शुक्रवारको प्रतिनीधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणा राजावादी र राप्रपा प्रति जनतामा चैत १५ पछि उब्जेको वितृष्णालाई मोड्ने षडयन्त्र रहेको नेपाली कांग्रेसको बुझाई छ ।

कांग्रेसका कुनै पनि सहमहामन्त्रीको नाम नलिएर भ्रम छर्केर जनताको मुड बदलेर पत्रकार सहित दुईजनाको हत्या र आगजनी सहितका हिंसाबाट बच्नका लागि र चोखो बन्ने रणनिती तहत लिङदेनको व्यक्तव्य आएको कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले बताएका छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/1538867554166436

कांग्रेसले आइतवारको प्रतिनिधीसभा बैठकमा पनि बाध्य भएर प्राथमिकताका साथ लिङदेनको अभिव्यक्ती विरुद्व आवाज उठाएपछि लिङदेनको अनुहारमा छाएको खुसीले पनि त्यस कुराको संकेत गरिरहेको कांग्रेसी नेताहरुको भनाई छ ।

जनकपुरधाममा पत्रकार सम्मेलन गरि कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चैत १५ मा हत्या हिंसा पछि राजावादी र राप्रपा प्रति छाएको वितृष्णालाई कम गर्न कांग्रेसलाई बदनाम गर्ने काम भएको आरोप लगाएका छन् । उनले आफु लोकतन्त्र र गणतन्त्रको पक्षमा र निरंकुश राजतन्त्रको विपक्षमा प्रखर रुपमा बोल्ने वक्ता भएकाले आफुमाथी खुकुरी प्रहार पनि भएको र अहिले मिडिया ट्रायल भएर आफनै नाम मुछिने काम भएको गुनासो पोखेका छन् ।

लिङदेनको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताउदै उनले या कि प्रमाण पेश गरेर स्पष्ट गर्नुपर्ने नभए माफि मागेर आफनो धारणा फिर्ता लिनुपर्ने र आफु सहित चिकित्सक छोराहरुको भएको चरित्र हत्याको क्षतिपुर्ती पाउनुपर्ने उनको मांग छ । अव राजतन्त्र भ्रम मात्र रहेको दावी गर्दै यादवले सबै सहमहामन्त्री माथी प्रश्न उठने गरि आएको लिङदेनको अभिव्यक्ति विरुद्व पार्टी एकजुट भएर अगाडि बढनु पर्ने बताए ।