एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको हरेक परिवर्तणमुखी आन्दोलनमा भारतिय जनताको सहयोग र साथ रहेको स्मरण गराउदै हाल भइरहेको भारत विरोधी गतिविधीले धेरै प्रभाव पारिरहेको बताएका छन् ।
स्वतन्त्र प्रजातान्त्रिक युवा संघका अध्यक्ष अरविन्द महतोको आयोजनामा जनकपुरधाममा मंगलवार भएको नेपालको समृद्विमा भारतको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै डा. यादवले देश यहाँ सम्म आइपुगेको यात्रामा भारतले खेलेको भुमिका र योगदानको विषयमा वतर्मान पुस्ता माथी भ्रम छडने काम भएको पनि बताए ।
देशको आन्दोलनहरुमा भारतिय सहयोग समर्थनको प्रसंगहरु कोट्याउदै डा. यादवले आफुले विगत १७ वर्षको गणतन्त्र नेपालमा व्यापक समावेशिता, प्रतिनिधित्व र विकासहरु भएको बताउदै संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रतिवद्व हुन मेधशी जनतालाई आग्रह गरेका छन् । शिक्षा र स्वास्थ्यमा केहि कमजोरीहरु रहेको बताउदै उनले विद्यालय र अस्पताल सुधारका लागि सोच्न आवश्यक रहेको बताए ।
देशको कृषि, उर्जा र पर्यटनमा भारतिय सहयोग र साथ लिएर राम्रो काम गर्न सकिने उनको तर्क थियो । चुरे क्षेत्र र जंगलको विनाश र दोहनको विषयमा कुनै पनि पार्टी उदार नरहेको र चुप्पी साधेको आरोप लगाउदै डा. यादवले अन्न र जलको धनी भुमि मधेश बिनाश भइरहकोमा चिन्ता व्यक्त गरेका छन् ।


