एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ८ :
नेपालको समृद्विमा छिमेकी मुलुक भारतको भुमिका विषयमा जनकपुरधाममा विर्मश हुने भएको छ । विभिन्न ९ जना विशिष्ठ वक्ताहरुको तर्क सहित भोली मंगलवार दिउँसो एक बजे निधी भवनमा हुने कार्यक्रममा भारतले थप खल्नु पर्ने भुमिका र मधेशको सवालमा गर्नुपर्ने समिक्षा सहितको विषयमा समेत चर्चा हुने जनाइएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ग, मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह, सभामुख रामचन्द्र मण्डल सहितका करिव एक दर्जन वक्ताहरुले सम्बोधन गर्न लागेको कार्यक्रमको आयोजना धनुषाकै युवा अगुवा अरविन्द महतो नेतृत्वको स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले गर्न लागेको छ ।

महतो नेपाली कांग्रेसका वरिष्ठ नेता सभापतिका दाबेदार शेखर कोइरालाका प्रिय पात्र हुन । कार्यक्रमको वक्तामा कोईराला पनि रहेको भएपनि स्वास्थ्य अवस्थाको कारण आउन नसकेपछि कांग्रेसका उपसभापति गुरुङ्ग वक्ताका रुपमा सहभागि हुन लागेका हुन । साथै कार्यक्रममा डा. लोकराज बराल, मुख्यन्यायधिवक्ता सुरेन्द्र महतो, डा. भोगेन्द्र झा, डा. उद्वव प्याकुरेल र बिरगंज स्थित भारतिय महाबाणिज्य दुतावासका महाबाणिज्य दुत श्रीदेवी सहाय मिना सहितकाले सम्बोधन गर्ने छन् ।