एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २१ : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया तिव्रता दिने प्रतिबद्धता जनाएका छन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिअनुसार राइस मिलको संरक्षणका लागि कानुनी अध्ययन गर्न मुख्यन्याधिवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिइएको छ।
प्रदेश सरकारले जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया अघि बढाउने र स्रोत सुनिश्चित गर्ने जनाएको छ। साथै, मिलको जग्गा गौरवासीकै हुनुपर्ने भन्दै कुनै पनि हतारमा निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।


