एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २१ : सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ। विश्वविद्यालय सिनेटको मंगलबार राति बसेको बैठकले दुवै पदाधिकारीलाई हटाउने निर्णय गरेको हो।
तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले २०८१ मंसिर २१ गते डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेको थियो।सिनेट बैठकले विश्वविद्यालयको बजेट पारित गर्दै अघिल्लो खर्चलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ। अब विश्वविद्यालयले ३३ करोड रुपैयाँको बजेट सञ्चालन गर्न पाउने स्रोतले जनाएको छ।यसैबीच, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुई पार्टीबीच विवाद चुलिएको छ।
राजनीतिक असमझदारीका कारण विश्वविद्यालय प्रभावित बनेको छ।


