एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ११ :
नेपाली कांग्रेसका पुर्वउपसभापति पुर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आन्दोलनका लागि तयार रहन नेता कार्यक्रताहरुलाई निर्देशन दिएका छन् ।

https://www.facebook.com/watch/?v=1718204005701969

जनकपुरधाममा आइतवार रौनियार सेवा समितिको सभाहलमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेस धनुषाको प्रथम जिल्ला परिषदको समुदघाटन कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले भने, ‘सुन्दै छु, जचुकालि निजीकरण गर्ने र प्रदेशको संरचना धरापमा पारि संघियता मास्ने प्लान छ’ तयार रहनोस जुनसुकै बेला आन्दोलनको संखनाद हुन सक्छ ।’

मलाई धेरै आक्रोस छ, मैले उद्योग मन्त्रीलाई फोन गरेर चासो राखे, उहाँले त्यसो हुदैन भन्नु भा छ उनले थपे, ‘कसैले चाहदैमा पनि त्यस्ता संघियता विरोधी गतिविधी जनकपुरधाममा चल्दैन ।’ उनले कुनै पनि वाहानामा संघियता कमजोर पार्ने योजना जनकपुरधाममा सम्भव हुन नदिने चेतावनी दिए ।

यहाँ सम्म कि निधीले भने ‘अव प्रदेश सरकारहरुको आफनै प्रहरी र निजामती कर्मचारी सुनिश्चितताका लागि फाल्गुनबाट आन्दोलन हुन सक्छ तयार रहनोस ।’ उनले धनुषा सहित मधेश प्रदेशमा लोकतन्त्र र संघियता बचाउन कांग्रेसले नै अगुवाई गर्नुपर्ने भन्दै पार्टीका लागि एक ढिक्का हुन सबैलाई आग्रह गरे ।

सो अवसरमा कांग्रेसका सांसद तथा नेताहरुले अरुबाट कांग्रेस बचाउन मात्र नभई कांग्रेस भित्रैबाट पनि कार्यक्रतालाई बचाउन शिर्षनेताहरुलाई आग्रह गरेका थिए । सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महाविर दास, प्रतिनिधीसभा सदस्य मुक्ता यादव, प्रदेश सांसद रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पजियार, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादव,वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामभरत साह सहित विभिन्न भातृ तथा शुभेच्छुक संगठनका अगुवाहरुको उपस्थिती थियो ।