एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : लोसपाका पुर्व वरिष्ठ नेता तथा हाल राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानका संयोजक राजेन्द्र महतोले असोज १ देखि ३ गते सम्म राष्ट्रिय समिति बैठक आह्वान गरेका छन् । पुर्व उपप्रधान मन्त्री समेत रहेका उनले असोज १ देखि ३ गते सम्मका लागि बोलाएको बैठकले पार्टी निर्माण सम्मको एजेन्डा राखेको छ ।
साथै बैठकमा समसामयिक राजनितिक स्थिती र पार्टीको अवधारणाको विषयमा पनि छलफल हुने एजेन्डा विज्ञप्तीमा उल्लेख छ । स्पष्ट वक्ता, मधेशवादका प्रचारक नेता महतो लोसपा राम्ररी चल्न नसकेको भन्दै पार्टी परित्याग गरि नयाँ अभियान थालनी गरेका छन् । उनको अभियानमा काठमाण्डौंका मेयर प्रत्यासी सुमन सायमी (नेवार) देखि जनजाती तथा थिंक टयांक बुद्विछिरिङ्ग तामांग सम्मको सहभागिता छ ।
नयाँ बानेश्वरमा बोलाइएको बैठक तिन दिनको हुने विज्ञप्तीमा उल्लेख छ ।




