एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ः
नेपाली कांग्रेस धनुषाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको १ सय ११ औं जन्म जयन्ती मनाएको छ । सो अवसरमा पार्टी धनुषाले बृक्षरोपण सहितका कार्यक्रम गरि जननायक विपी कोइरालाको जन्मजयन्ती मनाइएको कांग्रेस धनुषा सभापति योगेन्द्र पजियारले बताए ।

सो अवसरमा पार्टीका नेता पुर्व मधेश सरकारका मन्त्री एवं प्रदेश सांसद रामसरोज यादव, जनकपुरधामका मेयर, उपमेयर, जिल्ला उपसभापती, पुर्व सभापती तथा पदाधिकारीहरु सहितका नेपाली कांग्रेसका नेता कार्यक्रताहरुको सहभागिता थियो ।